नेपाल फेस्टिभल एडीलेडमा हुँदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल फेस्टिभल एडीलेडमा हुँदै



एडीलेड /चैत्र ४ 
सेलिब्रेट कल्चर, एक्सप्रियन्स नेचर’ को नारा सहित एडीलेडमा हुन लागेको नेपाल फेस्टिभल एडीलेडको तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए साउथ अस्ट्रेलियाले बताएको छ । मार्च २५ तारिकको दिन ह्यान्डमार्स स्क्य्वायरमा हुने उक्त कार्यक्रममा बिहान ११ बजे विभन्न संस्कृतिक झाकी सहित परेड बाट कार्यक्रम प्रारम्भ हुने आयोजक संस्था एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नवीन कंडेलले बताए ।

बेलुका ८ बजे सम्म चल्ने उक्त कार्यक्रममा नेपाल बाट साङ्गीतिक ब्याण्ड कुटुम्ब , लोकदोहोरी गायक नारायाण रायमाजी, गायिका शान्ति परियार , सिड्नी बाट हामी ब्याण्ड आउने कंडेलले बताए ।

नेपाली दुत्तबास क्यानबेरा, महाबाणिज्य दूतावासको कार्यलय साउथ अस्ट्रेलिया र यहाँ रहेका नेपाली संघसस्थाहरुको सहकार्यमा हुन लागेको उक्त कार्यक्रममा नेपाली खानका स्टल , व्यवसाय स्टल, नेपाली घर सहित नेपाली कला संस्कृति झल्कने सामग्रीहरू, हस्तकलाका सामग्रीहरू प्रदर्शन गरिने उनले बताए । कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष शेष घले , स्थानिया कुटनीतिक, राजनीतिज्ञ ,एनआरएनएका पदाधिकारीहरू लागयत विभन्न स्थान बाट अतिथिहरु फेस्टिभलको लागि एडीलेड आउने भएका छन् ।

नेपाल फेस्टिभल एडीलेडको मुख्य प्रायोजकको रूपमा रहेको बूमर्‍याङ एजुकेशनल सर्भिसका आशिष् वाग्ले नेपाललाई चिनाउने यस किसिममा कार्यक्रममा सहयोग गरी सफल गराउनु नेपाली व्यवसायीहरु कर्तव्य हो रहेको बताए । वाग्लेले साउथ अस्ट्रेलियामा रहेका सम्पूर्ण संस्था र व्यवसायीहरुको सहभागिताले नेपाल फेस्टिभल अन्य वर्षहरूमा भन्दा अझै विशेष बन्नेमा आफू आशाबदी भएको बताए ।