प्रबिधिको प्रयोग गर्दै बाढीपिडितहरुलाई सहयोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रबिधिको प्रयोग गर्दै बाढीपिडितहरुलाई सहयोग



“अहिले नगरे कहिले ? हामीले नगरे कसले”

काठमाडौँ, नेपाल फ्लड रिलिफ एपले बाढी पिडितहरुको लागि सूचना र सहयोग गरिरहेको छ । डिजिटल प्रबिधिको प्रयोग गर्दै आईओएस , एंड्रॉयड र वेभ तिनै माध्यम बाट नेपालमा गएको बाढी बाट प्रभावित जिल्लाहरुको सूचना , स्वयंसेवकहरुले गरेका कामहरु र सो ठाऊहरुमा आवश्यक राहतको बारेमा अपडेट भै रहेको कम अन युथ स्ट्यान्ड अपका अभियन्ता मनोज भट्टराईले बताए।

“अहिले नगरे कहिले ? हामीले नगरे कसले” नारा बाट चर्चित यस अभियानका अभियानकर्ता भट्टराई भन्छन ” हामीले सबै सूचनाहरु एकै ठाउ बाट प्रवाह गर्नको लागि एकै दिनमा यस सिस्टमको निर्माण गरेका हौ “। उनले थप्दै भने ” प्रभावित ठाउँमा के चाहिएको छ भनेर राहत संकलन गरि रहेको समूहलाई पनि सहज होस् र राहत पुग्नु पर्ने ठाउमा राहत पुगोस भनेर हामीले यस एप गराएका हौ । सेल एप इनोभेसन र कम अन युथ स्ट्यान्ड अपले सहकार्य गरेर निर्माण गरेको उक्त एपमा विभन्न समूहले गरेका राहत वितरण , सहयोगको बारेमा अपडेट , हेल्प लाईन , प्रभावित ठाउको आवश्यकताहरुको बारेमा अपडेटहरु बारेमा जानकारी एपले दिने भट्टराईले बताएका छन्।पछिल्ला दिनहरुमा विभन्न ठाऊका सरकारी संयन्त्र, मिडियाहरुले समेत यस एप बाट सूचना लिएको कम अन युथ स्ट्यान्ड अपले जनाएको छ ।

कम अन युथ स्ट्यान्ड अपले बिगतमा भूकम्प, आगलागी, बाढी पहिरो जादा युवाहरुलाई एकिकृति गर्दै उद्धार, राहतमा खट्दै आएको यस अभियानका अभियानकर्ता नबिन पन्तले बताए। अस्ट्रेलिया बाट राहतमा सहयोग गर्न जुटीरहेका उनले भने ” हामीले सूचनाहरुलाई ब्यबस्थित तरिकाले प्रवाह गर्नुका साथै पोखरा , काठमाडौँ , बुटवल लगायतका ठाऊहरु बाट राहत सहित स्वस्थकर्मीको टिम फिल्डमा पठाउने तयारीमा छौ”। पन्तका अनुसार एउटा टिम राहतको लागि रौतहट पुगीसेको र सप्तरी लगायतका ठाऊमा अन्य समूहहरु जाने तयारीमा रहेको उनले बताए । उमेश घिमिरे , कविता खड्का , दिपेन श्रेष्ठ , सरिता पुरी , रबिन शर्मा लगायतका अभियानकर्ताहरुले विभिन्न ठाऊ बाट नेतृत्व गर्दै राहत वितरणमा लागेको कम अन युथ स्ट्यान्ड अपले जनाएको छ।

कसरी यसको प्रयोग गर्न सकिन्छ एप ?

✔ तपाईंको ठाउँमा के चाहिएको छ वा के चाहिन सक्छ ।यो एप डाउन्लोड गरि “update” option मा गएर लेख्न सक्नु हुन्छ।

✔ “Initiation” option मा राहत संकलन , वितरण सम्बन्धि सूचना , समाचारहरुको बारेमा लेख्न सकिन्छ जसले गर्दा कोहि इच्छुक स्वयंसेबक तपाईको अभियानमा जोडिन सक्ने छन् ।

✔ live updates मा प्रभावित जिल्लाहरुको अवस्थाको बारेमा अपडेटहरु राखिएको छ ।

✔ “Helpline” option मा अति आवश्यक सम्पर्क नम्बरहरु छन ।

✔ Need Request मा प्रभावित ठाउको आवश्यकताहरुको बारेमा अपडेटहरु छन भने एपले नोटिफिकेसन पठाउने र कहाँ के आवश्यकता छ भनेर फिल्डमा खटिएका स्वयंसेबकलाई समेत यसले राहत वितरण गर्न सहज हुन्छ ।

एपका केहि झालकहरु

  

Website: http://nepalfloodrelief.org