नेपालको गज्जवको सुरुवात - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपालको गज्जवको सुरुवात



काठमाडौं- ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपालले विजय सुरुआत गरेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।

१२६ रनको चुनौती पछ्याएको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

कप्तान पारस खड्का पहिलो बलमै आउट भएपनि विनोद भण्डारीले संयमित ब्याटिङ गरेपछि नेपालले विजय हासिल गरेको हो ।

विनोदले ४८ बलमा अविजित रहँदै ५८ रन बनाए । त्यस्तै, आरिफ शेखले २१ तथा सोमपाल कामीले १३ रन बनाए ।

खेलमा टस जितेर नेपालले कसिलो फिल्डिङ गर्दै हङकङलाई १२५ रनमा रोकेको थियो । हङकङले ६ विकेटको क्षतिमा १२५ रन बनाएको हो ।

वकास बर्कातले सर्वाधिक ३७ रन बनाएको इनिङस्लाई सस्तैमा समेट्नेक्रममा करण केसीले ४ तथा अविनाश बोहराले १ विकेट लिए । एक खेलाडीलाई अविनाशले ‘रनआउट’ गरेका थिए ।

पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले सोमबार नेदरल्यान्ड्ससित दोस्रो खेल खेल्नेछ । नेपालले बुधबार आयरल्यान्डसित तेस्रो र अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।