हार्ने भो नेपाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हार्ने भो नेपाल



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सिंगापुरविरुद्ध ब्याटिङ गरिरहेको नेपालले आठौं विकेट गुमाएको छ । नेपालले आठौं विकेटको रुपमा सन्दीप लामिछानेलाई सुन्य रनमा गुमाएको हो ।

त्यसअघि सातौं विकेटको रुपमा नेपालले सोमपाल कामीलाई ११ रनमा गुमाएको थियो ।

नेपालले १३ ओभरको खेल जारी रहदा ८ विकेट गुमाएर १०२ रन जोडेको छ ।