नेपाल आइडलबाट बाहिरिनेलाई बिन्ध्यवासिनीको अफर । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल आइडलबाट बाहिरिनेलाई बिन्ध्यवासिनीको अफर ।



हिमालपोष्ट/ काठमाडौँ, श्रावण १४

नेपालको सबैभन्दा चर्चित गायन प्ल्याट्फर्म नेपाल आइडलमा भाग लिएर उत्कृष्ट १० भित्र परेर बाहिरिने सबैलाई बिन्ध्यवासिनी म्युजिक प्राली ले आफ्नै लगानीमा एल्बम निकाल्ने अवसर दिने भएको छ ।

नेपाल आइडलमा भाग लिएर उत्कृष्ट १० भित्र परेर पनि बाहिरिने ९ जना गायक गायिकाहरु यदि इच्छुक भएको खण्डमा उनीहरूलाई एक-एक वटा एल्बम कम्पनीले नै लगानी गरी प्रकाशित गरिदिने र प्रत्यक एल्बममा पाँच-पाँच वटा गीत समावेश हुने बताइएको छ ।

अग्रजलाइ सम्मान र अनुजलाइ प्रोत्साहन भन्ने नारा बोकेका छौँ बिन्ध्यवासिनी म्युजिकले धेरै प्रतिभालाई यश अगाडि पनि अवसर दिएकै हो । नेपाल आइडलमा प्रतिस्पर्धा गर्ने सबैलाई म्युजिक क्षेत्रमा भविष्य बनाउन कसैले त सपोर्ट गर्नै पर्छ त्यसैले यो अवसर दिने घोषणा गरेका छौँ कम्पनीका सञ्चलाक सुवास रेग्मीले हिमालपोष्टलाइ बताए ।