अदालतले नेपाल आइडल रोक्ने आदेश दिनुको रहस्य यस्तो छ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अदालतले नेपाल आइडल रोक्ने आदेश दिनुको रहस्य यस्तो छ



काठमाडौं, २१ भदौ –
काठमाडौं जिल्ला अदालतले नेपालको चर्चित रियालिटी सो नेपाल आइडल रोक्नका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले भदौ २३ गते सम्म भोट नगन्न एपिवान टेलिभिजनको नाममा अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अदालतमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए ।

न्यौपानले एपिवान टेलिभिनजले एक पक्षिय रुपमा करार ऐनको उल्लंघन गरेको भन्दै दाबी गरेको छ । अदालतले भदौ २३ गते विहान १० बजे दुबै पक्ष बीच छलफल गरेर यो विषय टुंग्याउन आवश्यक भएको समेत बताएको छ ।

अब भदौ २३ गते सम्म भोट गन्ने लगायतका काम हुने छैनन् ।