नेपाल ज्योतिष परिषदका महासचिब आचार्य दिल्लीमा सम्मानित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल ज्योतिष परिषदका महासचिब आचार्य दिल्लीमा सम्मानित



नयाँ दिल्ली /फागुन १९,

नेपाल ज्योतिष परिषदका महासचिब आचार्य सन्तोष बशिष्ठ ग्लोबल एचिभर्स एवार्डबाट सम्मानित भएका छन् ।

प्रमुख राजनीतिक दलका नेता लगायत बिशिष्ट ब्याक्तिहरुको पनि चिना हेर्ने गरेका प्रतिष्ठित आचार्य सन्तोष बशिष्ठलाई दिल्लीमा हालै आयोजित बिशेष समारोहकाबीच सम्मान गरिएको नेपाल ज्योतिष परिषदले जनाएको छ ।

पूर्वीय दर्शन बिधापीठ, एशियन एष्टोलोजर कग्रेस, दक्षिष एशियाली ज्योतिष महासंघ र सार्क एष्ट्रो फेडरेशनको आयोजनामा भएको ओरिण्टियल हेरिटेज कन्फ्रेन्समा उनलाई ज्योतिष बिधामा उत्कृष्ठ अनुसन्धान गरे बापत सम्मान गरिएको हो ।

३३ देशका १ हजार ३ सयको सहभागिता रहेको सो कार्यक्रममा हरेक तीन वर्षमा एक जना ज्योतिषमा राम्रो गर्ने गरेको प्रतिष्ठित ज्योतिषलाई सम्मान गर्ने गरिन्छ ।

यसवर्ष नेपालबाट आचार्य सन्तोष बशिष्ठलाई प्रदान गरिएको सम्मानमा ज्योतिष बिधामा उल्लेखनीय र उत्कृष्ठ कार्य गरेको, भबिष्यबाणी पुगाउने गरेको, समयअनुसार ज्योतिष बिधाको अनुसन्धान गरेको कुरा उल्लेख गरिएको छ ।