नेपाललाई कडा लक्ष्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाललाई कडा लक्ष्य



काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमलाई अभ्यास खेलमा फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्सले २ सय २५ लक्ष्य दिएको छ ।

कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनायो ।

नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २/२ विकेट हात पारे । यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १/१ विकेट लिए ।

एसीसी यू-१९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ ।

यसअघि अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको थियो । नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो ।

पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।