प्रदीप भन्छन्: तत्काल पार्टी एकता हुँदैछ, माधव नेपाललाई अब कुरिन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदीप भन्छन्: तत्काल पार्टी एकता हुँदैछ, माधव नेपाललाई अब कुरिन्न



तानसेन- नेकपा एमाले ओली समुहका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकताका लागि माधव नेपाललाई नकुर्ने बताएका छन् । उनले केहिदिनमै पार्टी एकता हुने भन्दै यस्तो बताएका हुन् ।

पाल्पामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमालेको एकता भैसकेको दावी गरेका छन् । उनले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढेको बताएका थिए ।

उनले माधव लगायतका नेताहरू तत्काल नआए पनि एकता नरोकिने तर ढोका भने खुलाई राख्ने बताए । ज्ञवालीले कुरेर बस्ने स्थिति नभएको भन्दै तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्ने बताए ।

नेता ज्ञवालीले माधव नेपाल समितका केहि नेताहरूले पार्टी एकता नचाहेको समेत आरोप लगाएका छन् । उनले विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेलेपनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने बताए ।

वर्तमान गठबन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाउने, विभिन्न प्रलोभन दिएर संसाद खरिदबिक्री गर्ने, संसदलाई निष्क्रिय बनाउने फोहोरी र अनैतिक काम गरेको एमाले प्रवक्तासमेत रहेका ज्ञवालीको आरोप छ ।

सत्तागठबन्धनले दलको एउटै चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजे पनि एमालेले त्यसो हुन नदिने उनले बताए ।

सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधानविपरीत, संविधानको अपव्याख्या भएको ज्ञवालीले बताए ।