नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना हुने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना हुने



हिमाल पोस्ट /काठमाडौँ फाल्गुन ५ 

आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना गर्ने भएको छ ।

नेपाल सरकारले अघि सारेका पर्यटन प्रबद्र्धनका कार्यक्रमहरुलाई टेवा पुर्‍याउने उद्धेश्यका साथ सो क्लबले प्रिज्म इन्टरनेशनल युथ क्याम्पको आयोजना गर्न लागेको हो । ‘पर्यटनको सम्भावनाको खोजी र उद्यमी बन्ने प्रयास’ भन्ने मूल नाराका साथ हुन गइरहेको सो युथ क्याम्प दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रित हुने मङ्गलवार क्लबद्धारा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युथ क्याम्प दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा उद्घाटन हुने र त्यसपछि लगातार जिल्लाका अन्य स्थानमा समेत कार्यशाला गोष्ठी सम्पन्न हुने आयोजकहरुले बताएका छन् । चरिकोटमा उद्घाटन भएलगत्तै भोलिपल्ट दोलखाको जिरी, तेस्रो दिन माथिल्लो तामाकोसी गोंगर, चौथो दिन कालिञ्चोक भगवतीको मन्दिर, पाँचौ दिन खरिढुंगा र अन्तिम दिन काभ्रेको धुलिखेलमा क्याम्प बस्ने बताइएको छ ।

आयोजकहरुका अनुसार जिरीमा सांस्कृतिक प्रवद्धन र प्राविधिक शिक्षाको महत्त्व, माथिल्लो तामाकोसी आयोजना स्थलमा आन्तारिक लगानी र नेपालमा हाइड्रोपावरको विकास, कालिञ्चोकमा धार्मिक पर्यटन र साहित्यिक विकास, खरिढुंगामा फिल्म सिटी र प्राकृतिक श्रोतका व्यापारिक प्रयोग विषयमा व्यापक बहस गर्दै कार्यशाला गोष्ठी हुने छन् । यस कार्यक्रमको अर्को लक्ष्य ‘भ्रमणका लागि नेपाल निकै उपयुक्त गन्तव्य’ रहेको सूचना विश्वभर पुर्‍याउनु रहेको क्लबका पदाधिकारीहरको भनाई छ ।

२२००० प्रति व्यक्ति पर्ने प्याकेज युवाहरूलाई आयोजक ले अनुदान सहित मात्र रु.९५०० मा व्यवस्था गरेको आयोजकले जनाएका छन्
सम्पूर्ण तयारी सकिसकेको र बढीमा ३० जनामात्रको कोटा बाकी रहेको जानकारी रहेको छ ! उक्त कार्यक्रममा सहभागी हुन ।९८०८२३४५३४ ,९८४३१४९२७८,९८५११९९७६१ मा या ktmmargadarsan.com मा थप जानकारी लिन सकिनेछ।