माधव नेपालले उठाए नेपालमा मृत्यदण्ड दिनुपर्ने बहस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माधव नेपालले उठाए नेपालमा मृत्यदण्ड दिनुपर्ने बहस



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रुर दानवीय प्रवृत्ति बढ्दै गएको देख्दा मृत्यदण्डको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन् ।

उनले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रुर ढंगले बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरे ।

नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ सरकारलाई सचेत गराए ।