नेपालसँग सम्बन्ध बिगार्न नहुने भन्दै भारतको संसदमै आवाज उठेपछि... - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपालसँग सम्बन्ध बिगार्न नहुने भन्दै भारतको संसदमै आवाज उठेपछि…



काठमाडौं- यतिबेला सीमा विवादले नेपाल-भारत सम्बन्ध थप चिसिएको छ । खासगरी भारतले नेपाली भूभाग अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि यसबारे विभिन्न कोणबाट बहस भैरहेको छ ।

भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालले आफ्नो राजनीतिक एवम् प्रशानिक नयाँ नक्सा सार्वजनिक गरेको छ । नक्शा सार्वजनिक गरेपश्चात भारतको यो रबैयाको भारतमा समेत आलोचना हुन थालेको छ । मोदी सरकारकै कारण यो सबै समस्या आएको भन्दै चर्को आलोचना भैरहेको छ ।

पहिला धेरैपटक वार्ताको प्रस्ताव गर्दा नटेरेको भारत अहिले भने वार्ताका लागि केहि लचिलो बनेको जस्तै देखिएको छ । सीमा समस्या समाधान गर्न तत्काल वार्ता गर्नुपर्ने आवाज नेपालमा भन्दा बढी भारतमा उठ्न थालेको छ ।

यस्तैमा भारतीय कांग्रेस पार्टीले पनि मोदी सरकारकै कारण नेपाल र भारतको सम्बन्ध बिग्रेको आरोप लगाएको छ । त्यतिमात्र होइन मोदी सरकारले नेपाल-भारतबीच चलेको विवादबारे जानकारी दिनुपर्ने समेत बताएका छन् ।

त्यतिमात्र होइन नेपाल-भारतकै सम्बन्ध बिगार्न मोदी सरकार उद्दत रहेको भन्दै भारतको संसदमै चर्काचर्की भएको छ । भारतको संसदमा अन्य राष्ट्रसंग नेपालको सम्बन्धको तुलाना गर्न नसकिने भन्दै नेपालसँग कुनै हालतमा पनि निहुँ खोज्न नहुने भन्दै आवाज चर्किएको छ । संसदमै नेपालसँग तत्काल वार्ता गरी समस्या सुल्झाउन चर्को आवाज उठेको छ ।

भारतीय लोकतान्त्रिक जनता दलका अध्यक्ष शरद यादवले पनि अरु देशसँग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ भन्दै आवाज उठाएका छन् ।

उनले इतिहासदेखिको नेपालसँगको हार्दिकतापूर्ण सम्बन्धलाई सम्झाउँदै तत्काल वार्ताद्वारा समस्याको हल गर्न अनुरोध गरेका छन् । उनले सरकारमा बस्नेहरुलाई नेपालससँग जुनकुनै हिसाबले होस् वार्ता शुरु गरिहाल्न र यथाशीघ्र अहिलेको गतिरोध हटाउन माग गरेका छन् ।

‘अरु देशसँग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ,’ संसदको बैठकलाई बोल्न गर्ने क्रममा उनले स्पष्टरुपमा भनेका छन् । उनी पूर्व नागरिक उड्डयन तथा खाद्य मन्त्री पनि हुन् । राज्यसभामा तीन र लोकसभामा सातचोटी निर्वाचित भइसकेका यादव इन्जिनियरिङ्ग पृष्ठभूमिका नेता हुन् ।