प्रेम आलेलाई माधव नेपालको निर्देशन: नैतिकताका आधारमा तत्काल राजीनामा दिनु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रेम आलेलाई माधव नेपालको निर्देशन: नैतिकताका आधारमा तत्काल राजीनामा दिनु



काठमाडौं- विवादमा तानिएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

निरन्तर विवादित हुँदै आएका आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर आएपछि फेरि विवादमा तानिएका छन् । त्यसपछि अध्यक्ष नेपालले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

यस्तो असोभनिय काम गर्ने भन्दै अध्यक्ष नेपालले आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । यसअघि पनि उनले भारतमा बस्ने एक नेपालीलाई मेसेन्जरमार्फत गालीगलौज गरेको अडियो बाहिर आएको थियो ।

मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको खुलेको छ ।