नेपाल पराजित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल पराजित



काठमाडौं- एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले श्रीलंकामा खेलेको पहिलो अभ्यास खेलमा पराजय बेहोरेको छ। मंगलबार भएको खेलमा नेपाली टोली स्थानीय सिनहालेस स्पोर्टस् क्लबको यू–२३ टोलीसँग ३ विकेटले पराजित भएको हो।

वर्षाले गर्दा मैदान गिलो भएपछि खेल ४२ ओभरमा घटाएर प्रतिस्पर्धा गराइएको थियो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली युवा टिमले राम्रो प्रदर्शन गर्दै सिनहालेससमक्ष ७ विकेट गुमाएर निर्धारित ४२ ओभरमा २४० रनको योगफल तय गरेको थियो। जवाफमा सिनहालेसले अन्तिम बलमा ७ विकेट गुमाएर २४१ रन बनाउँदै जित निकाल्यो।

उसका लागि कृसन सन्जुलाले सर्वाधिक ६२ रन बनाउँदा अभिस्का सेनदेराले ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै, नेपालविरुद्ध जितका लागि भने थेभिन्दु सेनारथ्नेले २४ बलमा ४२ रनको विस्फोटक इनिङ खेले। नेपालका लागि पवन सर्राफले ८ ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि महम्मद आसिफ सेखले सर्वाधिक ८८ रनको इनिङ खेले।

उनले ७६ बलको सामना गर्दै ५ चौका र ५ छक्काको मद्दतमा ८८ रन बनाएका थिए। त्यस्तै, सन्दीप जोहराले ३३ रन बनाउँदा रित गौतमले ३१ रन बनाएका थिए। खेलमा पवन सर्राफले अलराउन्डर प्रदर्शन गर्ने क्रममा ३० रन जोडे । उनले बलिङतर्पm ३ विकेटसमेत लिएका थिए ।

राम्रो लक्ष्य प्रस्तुत गर्ने क्रममा हरिबहादुर चौहान १८ तथा भीम सार्की १५ रनमा अविजित रहेका थिए। नेपालले अर्को अभ्यास खेलमा बदुरालीयसँग प्रतिस्पर्धा गर्नेछ।