राष्ट्रपतिले नेपाललाई भनिन्: ओलीलाई सहयोग गर्नुहोस् - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

राष्ट्रपतिले नेपाललाई भनिन्: ओलीलाई सहयोग गर्नुहोस्



काठमाडौं- पार्टीभित्र अध्यक्ष ओलीसंग कित्ताकाटको अवस्थामा पुगेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल एकाएक दौडधुपमा निस्किएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय निजिकिंदै जाँदा नेता नेपालले दौडधुप बढाएका हुन् ।

विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सिधै शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका नेता नेपाल भेटघाट सकाएर फर्किएका छन् । नेता नेपाल शीतल निवासबाट निस्केको बताइएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलालई सहयोग गरेर अगाडी बढ्न आग्रह गरेकी थिइन् । जवाफमा ओलीले राजनीति सिध्याइदिन खोजेको भन्दै गुनासो गरेका थिए । आफूहरूलाई सिध्याउन ओलीले जे पनि गर्ने लाइनमा लागेकाले यसै अवस्थामा सहयोग गर्न नसकिने नेपालले बताएका थिए ।

नेपाल पक्षलाई फकाउन ओली पक्षले राष्ट्रपतिलाई समेत आग्रह गरेको बुझिएको छ । आजै दिउँसो मात्रै एमाले बैठकलगत्तै ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । नेपाल राष्ट्रपतिले नै निम्तो गरेर भेट्न गएका हुन् ।