देउवा निवासबाट निस्किएका माधव नेपाल एकाएक राष्ट्रपति भेट्न शितल निवासमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देउवा निवासबाट निस्किएका माधव नेपाल एकाएक राष्ट्रपति भेट्न शितल निवासमा



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा माधवकुमार नेपालले राजनीतिक दौडधुपमा ब्यस्त बनेका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवासँग डेढ घण्टा छलफल गरेर उनी सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

देउवा निवास बुढानिलकण्ठबाट निस्किएका नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेको स्रोतले बताएको छ ।

नेता नेपाल एकाएक राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपाल पक्षले सांसदको सामुहिक राजिनामाको तयारी गरेको चर्चा चलिरहेको छ ।