विश्वकप छनोटको लागि नेपाली क्रिकेट टोली तयार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकप छनोटको लागि नेपाली क्रिकेट टोली तयार



काठमाडौं – नेपाली क्रिकेट टोलीले सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि सबै तयारी पुरा गरेको छ । मलेसियामा १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पुरा भएको हो ।

नेपाली टोली शनिबार सिंगापुर हाने कार्यक्रम छ । नेपालले सिंगापुर पुगेर २ दिन प्रशिक्षण गर्ने सम्भावना रहेको बताइएको छ ।

२२ जुलाई देखी २८ सम्म सिंगापुरमा चल्ने उक्त प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्न भएको हो ।

छनोट प्रतियोगिताको तयारीको रुपमा मलेसियासँगको दुई टी ट्वान्टी आई सिरिज क्लिन स्वीप गरेको थियो । सिंगापुर र मलेसियाको वातावारण उस्तै रहेकाले नेपालले मलेसियामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले पहिलो खेल २३ जुलाईमा कतारसँग खेल्नेछ । त्यस्तै २४ जुलाईमा मलेसियाको सामना गर्नेछ । २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछ । तुलानात्मक रुपमा कमजोर टोलीमाथि नेपाललाई सहज जितसँगै कीर्तिमान बनाउने राम्रो अवसर छ ।

यस्तो छ नेपाली टोली : पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी