नेपालद्वारा युएई १६० रनले पराजित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपालद्वारा युएई १६० रनले पराजित



काठमाडौं- श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

मंगलबार भएको खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो ।

नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले सर्वाधिक २८ रन जोडे । यस्तै अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिए । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन जोडे ।

युएईका आकाश ताहिर र सन्चित शर्माले ३/३ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । तीनै खेल गुमाएको युएई पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।