१३ औं दक्षिण एसियाली खेलकुद: भुटानविरुद्ध नेपालको सानदार जित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

१३ औं दक्षिण एसियाली खेलकुद: भुटानविरुद्ध नेपालको सानदार जित



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा खेलमा आज नेपालले भुटानविरुद्ध सानदार जित हासिल गरेको छ । नेपालले भुटानलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै सानदार जित हासिल गरेको हो । जित संगै नेपालले स्वर्ण पदक जितेको छ ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो । दोस्रो हाफको सुरुमै खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नेपालले अग्रता लिएको हो। नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो।

१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।