नेपाल फेष्टिभल ब्रिशवेन २०१६ को भब्य तयारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल फेष्टिभल ब्रिशवेन २०१६ को भब्य तयारी



एनआरएनए अष्ट्रेलिया क्वीन्सलेण्ड स्टेट काउन्सिलको आयोजनामा नेपाल फेष्टिभल ब्रिशवेन २०१६ हुने भएको छ ।
स्टेट काउन्सिल तथा फेष्टिभल आयोजक समितिका संयोजक अभिमानसिंह बस्नेतले अउने १२ नोभेम्बर २०१६ मा नेपाल
 फेष्टिभल भब्यरुपमा ब्रिशवेन शहरको किंग जर्ज स्कुवारमा आयोजना हुने बताए ।

फेष्टिभलका लागि मुख्य अकर्षक कन्दरा व्याड, गायक सुगम पोखरेल र गायीका अन्जु पन्त रहने भएका छन् ।

 नेपाल पर्यटन प्रवर्दन, नेपाली कला संस्कृतिको प्रस्तुति लगायतका उदेश्य राखेर आयोजना गर्न लागीएको 
फेष्टिभलमा सहयोगका लागि सबै व्यवसायी तथा नेपालीहरुलाई बस्नेल ले अपिल गरेका छन् ।

सबैको सहयोगबाट यसपालीको फेष्टिभललाई ऐतिहासीक बनाउनेमा आयोजक समित ले तयारी गरीरहेको छ ।