आईसीसी वरियता एसोसियटमा नेपाल पहिलो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आईसीसी वरियता एसोसियटमा नेपाल पहिलो



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल १२ औं स्थानमा थावत रहन सफल भएको छ । आइसीसीको नयाँ बरियताक्रम अनुसार नेपालले यो महिना पनि अफूलाई १२ औं स्थानमा कायम राखेको हो । 

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक जोेडेको छ । अघिल्लो महिना पनि नेपाल यही क्रममा थियो । 

नेपालको वरियता एसोसियट राष्ट्र तर्फ पहिलो हो । यस्तै नेपाल अझै टेष्ट राष्ट्र आयरल्याडलाई समेत पछि पार्न सफल छ ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । अष्ट्रेलिया तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् ।
एकदिवसीय वरियतामा भने नेपाल १७ औं स्थानमा छ ।