तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना: १० को मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना: १० को मृत्यु



काठमाडौं- तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको बताइएको छ। दुर्घटना दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा भएको हो।

को१ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

दुर्घटनामा केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का गरी दश जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ७० वर्षीय रसिलाल चौधरी, ७० वर्षीय वीरबहादुर राई, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीय गोपाल तामाङ, ६५ वर्षीय टीकाराम चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन्।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान केदार चौधरीको मृत्यु भएको छ। यद्यपि, उनीहरुको उमेर भने खुल्न बाँकी रहेको छ। टोलीमा ३४ जना रहको प्रहरीले जनाएको छ।