नेपाली कांग्रेस नेता न्यौपाने र विजेपी नेता कैलास विजय वर्गीय बीच दिल्लीमा राजनैतिक भेटघाट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली कांग्रेस नेता न्यौपाने र विजेपी नेता कैलास विजय वर्गीय बीच दिल्लीमा राजनैतिक भेटघाट



हिमाल पोस्ट /नयाँ दिल्ली ,साउन २६ 

भारतीय जनता पार्टीका  राष्ट्रिय महासचिव  कैलास विजय वर्गीय र नेपाली कांग्रेस नेता यज्ञ प्रसाद न्यौपानेको दिल्लीमा शिष्टचार  भेटघाट बिहिवार भएको छ   ।

भेटमा नेपाल -भारत बिचमा रही आएको पुरानो धार्मिक, सास्कृतिक र राजनैतिक विषयहरुमा छलफल भएको छ    ।

सोहि अबसरमा  नेता  न्यौपानेले  नेपाल परापूर्वक काल देखि  हिन्दु राष्ट्र  रही आएको र नेपाल  फेरी हिन्दु जीवन सैलिमा फर्कनु  पर्ने कुरा विजेपी महासचिव  कैलास विजय वर्गीयलाई अवगत गराउनुभएको छ  ।

न्यौपानेले विजेपी नेता विजय वर्गीयलाई पशुपतिनाथको दर्शन र सद्भावना नेपाल भ्रमणको लागि निम्तो पनि दिनु  भएको छ ।नेता वर्गीयले चाडै र उपयुक्त समयमा भ्रमण गर्ने बताउनु भयो  ।

नेता न्यौपाने  हिन्दु राष्ट्र पुनः स्थापना मंचका अन्तर्राष्ट्रिय महासचिव एवंम्  राजनैतिक सल्लाहाकार पनि हुनुहुन्छ  ।