नेपाली कांग्रेस गुल्मीद्वारा रेसुङ्गा नगरपालिकामा उम्मेदवारहरुको घोषणा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाली कांग्रेस गुल्मीद्वारा रेसुङ्गा नगरपालिकामा उम्मेदवारहरुको घोषणा



गुल्मी , असार १ ।

नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकामा आफ्ना उम्मेदवारहरुको आज घोषणा गरेको छ । उसले मेयर पदको उमेदवारमा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र उपमेयरमा अमृतादेवि कुँवरलाई उमेदवार घोषणा गरेको छ । त्यस्तै वडा नम्वर १ कोे वडा अध्यक्षमा अखिलेश्वरप्रसाद पाण्डेलाई उमेदवार बनाएको छ ।

सवै वडाको प्यानल सहिच वडा अध्यक्षहरुमा वडा नम्वर–२ मा उदयबहादुर थापा , वडा नम्वर ३ मा थम्मनबहादुर केसी , वडा नम्वर ४ मा लिलाधर आचार्य , वडा नम्वर ५ मा हरिप्रसाद शर्मा खनालाई उमेदवार चयन गरेको छ ।

वडा नम्वर ६ को अध्यक्षमा दुर्गाप्रसाद मरासीनी, वडा नम्वर ७ मा रुद्रप्रसाद पाण्डे, वडा नम्वर ८ मा तरुण दलका जिल्ला अध्यक्ष भरत भलामी , वडा नम्वर ९ मा कृष्णप्रसाद पाण्डे उमेदवार चयन भएका छन् ।

वडा नम्वर १० मा जयप्रसाद अर्यालय , वडा नम्वर ११ मा डिलबहादुर राना , वडा नम्वर १२ मा कुलबहादुर टण्डन , वडा नम्वर १३ मा खुमबहादुर खत्री र वडा नम्वर १४ मा शेरबहादुर पहराईलाई कांग्रेसले वडा अध्यक्षको उमेदवार घोषणा गरेको हो ।

नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय विपि स्मृति भवनको सभाहलमा आयोजित घोषणा सभालाई सम्वोधन गर्दै पार्टी सभापति समेत रहेका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले आफुहरुको प्रतिष्पर्धी रेसुङ्गा नगरपालिकामा केही हुन नसक्ने दावि गरे । उनले भने –हाम्रो पतिष्पर्धा अरु कसै संग हुन सक्दैन यहाँको गरिवी र परिवर्तन संग हो । ’

उनले विपक्षी उमेदवारहरुले शिद्धान्त जित्न नसकेर कतिपय जनताको घर घरमा विभिन्न वस्तु र सामग्री वितरण गर्न थालेको आरोप समेत लगाए ।
श्रेष्ठले नेकपा एमालेका डिल्लीराज भुसाल र माओवादी केन्द्रका धर्म बिश्वकर्मा संग मुख्य प्रतिष्पर्धा गर्ने छन् ।

श्रेष्ठ वहुदलिय व्यवस्था सुरु भए पछि भएको निर्वाचनामा रेसुङ्गा नगरपालिका रहेको साविकको तम्घास गाविको पहिलो र अन्तिम गाविस अध्यक्षमा समेत निर्वाचित भएका व्यक्ति हुन् ।

मेयरका प्रत्यासी वडा सदस्य

जिल्लामा समेत टुङ्गाउन नसकेर केन्द्रमा पुगेको नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाको मेयर पदका प्रत्यासी शालिक पन्थीले टिकट नपाए पछि अन्ततः उनि वडा सदस्यमा उमेदवारी दिने भएका छन् । आफु आफ्नो हितमा भन्दा पनि पार्टी हितका लागि राजनीतिमा सानै देखि लागेको भन्दै पन्थीले रेसुङ्गा नगर पालिका वडा नम्वर १ को खुल्ला तर्फको सदस्यमा उमेदवार लिएको बताए ।

गुल्मी कांग्रेसले जिल्ला भरका सवै गाउँ , नगरपालिका र वडाको समेत टुङ्गो लगाई सकेको छ ।