नेपाली कांग्रेस क्षेत्र २ नुवाकोट को भेला सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाली कांग्रेस क्षेत्र २ नुवाकोट को भेला सम्पन्न



नेपाली कांग्रेस क्षेत्र नम्बर २ नुवाकोटको क्षेत्रीय भेला खरानिटारमा सम्पन्न भएको छ।सभापति धुर्ब श्रेष्ठको सभापतित्वमा र केन्द्रीय प्रतिनिधि नेका केन्द्रिय सदस्य मान बाहादुर बिश्वकर्माको प्रमुख अतिथिमा सम्पन्न भेलाले पार्टीको १३ महाधिवेशनमा केन्द्रमा बुझायको कृयासिल सदस्यताको बारेमा अबिल्मब माग गर्ने , स्थानीय तहको निर्वाचनको लागि साबिकको गाबिसमा प्रतिनिधि खटाई प्रशिक्षण तथा जागरण अभियान संचालन गर्ने , नुवाकोटको स्थानीय तहको पुन संरचनाको बिषयमा २ नम्बरको गाबिसलाई मात्रै टुक्रा पारी अन्य क्षेत्रको गाउपालिकामा समायोजन गरीएको प्रति आपत्ति व्यक्त गर्दै क्षेत्र बिभाजन नहुने गरी समायोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको छ साथै चैत महिनामा बिशाल जनसभा गर्ने निर्णय गरीएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता रमेशकुमार महतले पार्टी जिल्ला नेतृत्व स्वछाचारी र मनपरी ढंगसंग चलेको र यसले पार्टीलाई गलत दिशा तिर लाने बताउनु भयो। कार्यक्रममा पुर्ब जिबिस सभापति मुकुन्दराज सिटौला नेपाली क्षेत्र नम्बर १ सभापति अर्जुन प्रसाद न्यौपाने महासमिति सदस्य डिल्ली प्रसाद ढकाल,महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ, कृष्ण मिश्र ,तरुण दल पुर्ब केन्द्रिय सदस्य प्रमोद रिमाल पुर्ब जिल्ला सदस्य दिनेश खनाल , महिला संघ नुवाकोटका अध्यक्ष कल्पना नेपाली नेका जिल्ला सदस्यहरु योबिन्द्र सिंह तामाङ ,सुर्य बहादुर तामाङ ,सीता खड्का नेबि संघ पुर्ब अध्यक्ष कन्चन पाठक तरुण क्षेत्रीय अध्यक्ष शरण घले , गाउँ इकाई समितिका सभापतिहरु लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा नेका जिल्ला सदस्य सीता खड्का र योबिन्द्र सिंह तामाङले जिल्ला सभापतिले गत जिल्ला बैठक पदाधिकारी मनोनयनको प्रस्ताव फेल भएको बताउनु भयो।उक्त बैठकमा आफ्नो असहमति हुदाहुदै पनि असहमति दर्ज गर्न नदिएको बताउनु भयो ।