नेपाली कांग्रेसको नेतृत्वमा मात्र हालसम्मको परिवर्तन सम्भव : डा.बिसी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली कांग्रेसको नेतृत्वमा मात्र हालसम्मको परिवर्तन सम्भव : डा.बिसी



सितगंगा, २१  कात्तिक 

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका अर्घाखाँची कांग्रेसका उम्मेदवार डाक्टर रामबहादुर बिसीले नेपाली कांग्रेसको नेतृत्वमा मात्र हालसम्मको परिवर्तन सम्भव रहेको बताए ।

कांग्रेस क्षेत्र नम्बर २ को विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रम अन्तरगत ठाडा, जुकेना र जलुकेका विभिन्न टोलटोलमा आयोजीत चुनावी कार्यक्रम लाई सम्वोधन गर्दै विसिले आफुले चुनाब जितेपछि पाउने तलब सुबिधा स्वास्थ्यको क्षेत्रमा लगानि गर्ने बताए ।

उनले नेपाली कांग्रेसले अर्घाखाँचीको विकासमा समेत नेतृत्व गरेको बताउँदै जनताको मनोभावना बुझन आफु घरघरमा आएको बताए । अर्घाखाँचीमा कांग्रेसका स्वर्गिय तथा पुर्व नेतृत्व गर्नुभएका नेताहरुले जिल्लाको विकासका लागी महत्वपुर्ण योग्दान पु¥याएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार शिक्षा प्रेमी नेता हिम्मत टन्डनले आफुले चुनाब जित्ने निश्चित भएको दाबी गर्दै जनताको काम र विकास निर्माणमा लाग्न कुनै कसुर बाकी नराख्ने बताउँदै रुख चिन्हमा मतदान गर्न अपिल गरे । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, सितगगा नगरपालिकाका नगर संयोजक मोती बेल्बासे लगायतले मन्तव्य राख्दै कांग्रेस बिना मुलक चल्न नसक्ने बताए ।