अमेरिकामा २ नेपालीको मृत्यू- घुम्न गएका थिए सापकोटा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमेरिकामा २ नेपालीको मृत्यू- घुम्न गएका थिए सापकोटा



काठमाडौं- अमेरिकामा भएको सडक दुर्घटनामा एक नेपालीको ज्यान गएको छ। अर्को दुर्घटनामा एक नेपालीभाषीको मृत्यु भएको छ।

बुधबार केन्टुक्कीमा भएको सडक दुर्घटनामा राज्यमा भएको सडक दुर्घटनामा महोत्तरी बर्दिबास घर भएका विष्णु सापकोटाको मृत्यु भएको हो।

घुम्नका लागि घरबाट हिँडेका सापकोटा दुर्घटनामा घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनको मृत्यु भएको घोषणा गरिदिएका थिए। सापकोटाकी पत्नी बिमलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अर्को दुर्घटना पेन्सल्भेनियामा भएको हो। ल्यानकास्टर सहरमा मंगलबार भएको दुर्घटनामा नेपालीभाषी कर्ण सुवेदीको मृत्यु भएको हो।

सुवेदी भुटानी शरणार्थी रहेको रसन् २०१२ मा पुनर्बासका क्रममा अमेरिका पुगेको जानकारी दिइएको छ।