नेपाली देशभक्त आवाजको साङ्गीतिक भिडियो दिल्लीमा सार्वजनिक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाली देशभक्त आवाजको साङ्गीतिक भिडियो दिल्लीमा सार्वजनिक



हिमाल पोस्ट /नयाँ दिल्ली ,जेठ २३ 

नेपाली देशभक्त आवाजको प्रथम प्रस्तुति वीर नेपालीहरूलाई एकजुट हुन आग्रह गर्दै निर्माण गरिएको सन्देशमुलुक साङ्गीतिक भिडियो कोशेली आईतबार भारतको राजधानी दिल्लीमा एक   कार्यक्रमको आयोजना गरी नेपाली टिभी च्यानल र युट्युबमा प्रसारण गरिएको छ ।

दिल्लीमा कार्यरत नेपालीहरूको सामाजिक संस्था नेपाली देशभक्त आवाजले हरेक नेपालीहरूको पहिचान बनाउदै प्रवासमा नेपाली चेलीबेटी बेचबिखन,नेपालीहरू माथि हुने गरेका अन्याय अत्याचार विरुद्ध हल्ला बोल्ने र खेल सांस्कृतिक तथा प्रतिभाको खोजीमा अग्रसर रहेको सामाजिक संस्था हो । सामाजिक कामका साथै यस पटक सम्पूर्ण नेपालीहरूका माझ गीत मार्फत देश निर्माणमा जुट्नको लागि आव्हान गर्दै देशभक्ति गीतको भिडियो विभिन्न सन्चार द्दारा प्रस्तुत गरिएको छ।

यस भिडियोलाई भारतीय गणतन्त्र दिवस यानी २६ जनवरीको दिन भारतको दिल्ली हरियाणामा पत्रकार तथा निर्देशक बाबु रोका मगरको सक्रियतामा सम्पूर्ण देशभक्त आवाजका प्रतिनिधिहरूको सहयोगमा राष्ट्रिय झन्डा फर्फराउदै शुटिङ सम्पन्न गरिएको थियो । समयको अभावले भिडियो प्रदशर्न गर्न ढिला भएको निर्देशक  रोकाले बताएका छन्

गीतको शब्द बाबु रोका मगर र पदम गाहा मगरले बनाएका हुन भने चर्चित गायिका मेलिना राई र गायक झबिन्द्र थापा मगरको जोसिलो आवाज रहेको छ साथमा प्रतिभा सापकोटा, दीपक सुनार भुवन सुनार चिनु घर्तिमगर र सम्झना मगररुले साथ दिएका छन् सङ्गीत पनि झबिन्द्र थापा मगरको रहेको छ |

संस्थाले सो गीतलाई गीतका गायक गायिका हरुको उपस्थितिमा राम्रो अनि व्यवस्थित तरिकाले प्रस्तुत गर्ने तयारी गर्दा गर्दै पनि केही समस्याको कारणले सोचेजस्तो कार्यक्रम गर्न नपाएकोमा देशभक्त आवाज परिवार सम्पूर्ण दर्शक श्रोताहरु सँग माफी माग्दै भएका कमी कमजोरीहरू लाई सुधार्ने मौका र सल्लाहा सुझाव को आग्रह गरेको छ |

दिल्लीमा काम गर्दै फुर्सदको समयमा कलाकारिता र पत्रकारिता गर्दै आएका बाबु रोका मगर द्दारा निर्देशन गरिएको पाँचौ भिडियो हो भने रोका द्दारा निर्देशित अरू दुई ओटा भिडियो प्रदशर्नको तयारीमा रहेका छन् | कार्यक्रममा दिल्ली स्थित नेपाली सामाजिक सङ्घ सङ्गठन तथा पत्रकार प्रतिनिधिहरूको उपस्थिति रहेको थियो | सो कार्यक्रमको अध्यक्षता बाबु रोका मगरले गरेका थिए भने कार्यक्रम सञ्चालन नवीन जोशीले गरेका थिए |