यसो भन्छन गीत संगीतमा बिकृति आउनुमा कलाकारहरु ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यसो भन्छन गीत संगीतमा बिकृति आउनुमा कलाकारहरु !



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको छ। कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति:  समिर प्रकाश पाण्डे

“१० कलाकार १ प्रश्न” मा सोधिएको प्रश्न यस्तो छ ।

पछिल्लो समय गीत सङ्गीतमा किन विकृति आए होला?  सुधार्न के गर्न पर्ला? 

रमेश बिजी (सर्जक तथा गायक):गीत सङ्गीतमा विकृति आउनुको पहिलो कारक भनेको कलाकारिताको कुनै मापदण्ड नहुनुनै हो । कस्तो स्तरको मान्छेले गीत सङ्गीतको काम गर्ने भन्ने कुनै स्तर मापन गर्ने निकाय नहुनु । प्रविधि र पैसाको कारण कलाकारको पगरी गुथ्नेहरुले नाम होस या बदनाम होस तर गुमनाम नहोस् भन्ने हेतुले केवल चर्चाको लागि गरिएका कुकृत्य पनि यसको अर्को कारण हो । अर्को कुरा सङ्गीतमा विकृति आऊनुमा श्रोता दर्शकको पनि ठुलै भूल देख्छु म त । विकृति भयो भन्दै तिनै विकृत गीत सङ्गीतलाई नै एक्लै हुँदा वा लुकीलुकी हेरेर सुनेर बाडेर आत्मानुभूति गरिदिने कारणले गर्दा पनि विकृति बढ्दै गएको छ । अर्को कुरा स्वाभिमानी स्रष्टाको खडेरीनै परेको बेलामा बिभुक्षित: किं नकरोती पापं ( भोको पेटले के पाप गर्दैन ) भनेझै पेट मात्रै पाल्न बसेका गैह्रकलाकारहरु गीत सङ्गीतलाई बिगारे कोपरेर चिथोरेर जसरी होस आफू बाच्ने नैतिक हरामहरुको कारण हो विकृति ।जब सम्म सच्चा स्रष्टाको पहिचान र नैतिकरुपमा स्रष्टा स्वाभिमानी बन्दैन सायद यस्तै रहन्छ ।

मुना थापा मगर (गायिका):गीत सङ्गीत समय अनुसार परिवर्तन हुन खोजेको हो परिवर्तन हुनु राम्रो पनि हो तर परिवर्तको नाममा आफ्नो कला संस्कृति बिर्सनु भएन ।यसलाई सुधार्न कलाकारहरू आफै सचेत भएर कति सम्म हाम्रो समाज र समयलाई पच्ने गीत सङ्गीत दिन सकिन्छ भनेर सोच्न र लाग्न जरुरी छ र अर्को कुरा नियम बनाउनु पर्‍यो र कलाकार नियम विपरीत गर्न खोेजेमा कारबाई हुने हो भने विकृति आफै हट्छ ।

दुर्गा पंगेनी (गीतकार एवम् कलाकर्मी ):विवेकशील प्राणीले हरेक कुरालाई सापेक्षीत तरिकाले हेर्न पर्दछ भन्छु म । सबैभन्दा पहिला विकृति भनेको के हो त्यो निर्क्यौल हुनु पर्दछ । यो संसारमा भएका हरेक कुरा हरुलाई दुई तरिकाले मूल्याङ्कन गर्ने हो भने हरेक कुरामा विकृति देखिन्छ । यौटा राम्रो र अर्को नराम्रो मूल्याङ्कन गर्ने मूल्याङ्कन कर्ता हरू भेटीन्छन बजारमा । हामी हरेक बस्तुका राम्रा पक्षहरू लाई आत्मसात गर्नुपर्छ या राम्रो पक्ष अंगालेर नराम्रो पक्ष लाई त्याग्नु पर्दछ भन्ने सिक्छौ । तर जब गीत सङ्गीत र मनोरनंजन को कुरा आउँछ तब हामी राम्रा लाई छोडेर नराम्रा को पछि लाग्छौं । श्रोता दर्शक हरुको मानसिकता अथवा चाहाना नै गीत सङ्गीतमा विकृति भित्रिनु पर्ने मूल कारण हो । अर्को कुरा मानव जीवनमा यौन र यौन सँग सम्बन्धित वस्तु हरुले पारेको प्रभाव का कारण पनि गीत सङ्गीत विकृत हुँदै गइरहेका छन् । जस्तो की गीत सङ्गीतको श्रब्य सामाग्रीमै द्विअर्थी शब्द हरू राखीनु र दृश्यमा अङ्ग प्रदर्शन समावेश गरिनु विकृतिको अर्को पाटो हुन गएको छ । सबै भन्दा पहिला गीतको सर्जक दोषी हो । त्यसपछि त्यस्ता गीत गाउन चाहने गायक गायिका दोषी हुन । अनि त्यस्तो भाव लाई भिडियोमा उतार्ने निर्देशक र कलाकार सबै दोषी हुन । उनीहरूको काम (द्विअर्थी शब्द र अङ्ग प्रदर्शन) लाई विकृति मानेर हेर्दा कलाकारले केवल पैसा र चर्चाको लागी त्यसो गरिरहेछन भनेर बुझ्न गाह्रो छैन । डिजीटल बजार बाट आउने केही रुपैयाँ र चर्चित भएपछि मेला महोत्सव बाट आउने रकम को लागी कलाकारले आफूलाई निम्नस्तरको बनाएर प्रस्तुत गरेको देखिन्छ । कलाकारको विवेक ले यो विकृत काम हो मैले यसो गर्न हुँदैन भन्ने नबुझे सम्म कलाकारीता क्षेत्र बाट या गीत सङ्गीतको क्षेत्र बाट त्यो किसिमको विकृति हटाउन सकिँदैन ।

श्रीकृष्ण बम मल्ल (गीतकार तथा सङ्गीतकार):पछिल्लो समयमा गितसंगितमा विकृति देखा परेको छ ।पहिले गीत रेकर्डिङ गर्न अनि भिडियो गर्नको लागि धेरै दुख थियो । अहिले डिजिटल र प्राबिधिले गर्दा गितसंगितमा लाग्नेहरुलाई धेरै सजिलो पनि भएको छ । तर अहिले गितसंगितमा लाग्ने धेरै जसो संगितकर्मिहरुमा म्युजिकको ज्ञानको कमी छ ।जसले गर्दा गितसंगितमा विकृति देखा पर्न थालेको छ । पहिले गायक बन्नको लागि धेरै सङ्घर्ष गरेर सिकेर बुझेर गर्थे तर अहिले यो छैन।सङ्गीतकारमा पनि ज्ञानको कमी छ।त्यसै गरी अहिलेको समयमा म्युजिक भिडियो मा पनि जो पायो त्यही लाई अभिनय सम्बन्धी केही ज्ञान नै नहुनेहरु आफै केही लगानी गरेर भिडियोमा देखिने हाेडबाजि चलेको छ त्यसैले गर्दा पहिले जस्तो राम्रो भिडियोहरु पनि बन्न सकिरहेको छैनन्।गितसंगितमा आएको यो विकृति सुधार्नको लागि सबै जना रहरले मात्र होइन बुझेर सिकेर गितसंगितमा लाग्ने आवश्यक देखिन्छ ।सङ्गीत त्यति सजिलो विषय पनि होइन । गितसंगितमा लाग्नुहुनेहरुमा सुर , ताल, सम्बन्धीको सामान्य ज्ञान हुनुपर्छ ।अहिले पछिल्लो समयमा रहरले भित्रीनिहरुले बिगबिगी बढ्दो छ यो राम्रो होइन ।

सन्तोष के.सी (गीतकार तथा सङ्गीतकार):गीत सङ्गीतमा डिजिटल प्रविधि को विकास सँगै हामी त्यो प्रविधि लाई पछ्याउन सकेनौं जहाँ लगानी हुन्छ त्यसको प्रतिफल नपाए पछि आखिर गीत जसले बनाए,जसले गाएपनि जो अभिनय गरेपनि सुको नउठ्ने भए पछि जो सँग पैसा छ उसैको हाबी हुन थाल्यो जो सँग कला गला सिर्जना छ उनी हरू बिस्तारै बिस्तारै हराउन थाले च्याउ सरी गीत सङ्गीतको निमित्त खोलिएको सङ्घ संस्था आफ्नो व्यक्तिगत मान प्रतिष्ठाको लागि मात्र लागि परे आफ्नै म्युजिक कम्पनी,आफ्नै युट्युब च्यानल आफै गीत लेख्ने बनाउने आफै खेल्ने आफै हिट भन्दै फेसबुक मा लेख्ने सबैभन्दा पहिला त व्यवसाय नभएर हो जब प्रविधि सँगै गीत सङ्गीतको व्यापार हुन्छ बजार मा राम्रा राम्रा सिर्जना भिडियो बनाउन सर्जकहरु लागिरहन्छन अनि आफै हट्छ विकृति बिसँङ्गति ।

कृष्ण काफ्ले (गायक):मलाई लाग्छ हाम्रो कला क्षेत्र एकदमै सस्तो भएको छ। जसले गर्दा यस क्षेत्रलाई आफ्नो जीवन सम्झिने राम्रा राम्रा कलाकारलाई पनि काम गर्न र यसै क्षेत्रमा लागेर बाच्न गाह्रो भएको छ जस्तो मलाइ लाग्छ।हाम्रो कला क्षेत्रमा लगानी मात्रै गर्ने नियम बनेको छ लगानी गरेबापत राम्रो र सच्चा कलाकरलाई बाच्न सक्ने नियम किन नबनाईएको होला भन्नीमा म आफै सोच्ने गर्छु ।त्यसो त हाम्रो कला संस्कृतिमा केही नियम कानुन छैन त्यसैले होला यहाँ जसले जे गर्दा पनि छुट भएको छ।अझै भन्नी हो भने गीत सङ्गीतमा राम्रो स्थानमा पुग्न सफल, जसले हाम्रो कला संस्कृतिलाई बचाउनको लागि, सुधार्नको लागि दाहित्व निभाउनु पर्ने त्यस्ता कति पए सर्जकको पनि दोष छ, जसले राम्रालाइ भन्दा, हाम्रालाइ च्यापेर, पैसाको मात्रै मुख हेरेर नजानी नजानी कुनै साधना अभ्यास बिना ल्याइएका व्यक्तिहरू बाट छाडा प्रविधि भित्रिएको हो ।जब सम्म लगानी फिर्ता आउन सक्ने नीति नियम बन्दैन तब सम्म देशको गहना भनिने कलाकार भोको र नाङ्गो रहन्छ भन्नी बुझिन्छ। 2/4 जना कलाकार सम्पन भएर कलाकारिता क्षेत्र सम्पन्न छ भन्नी बुझिदैन यस्ता कुरालाई नियालेर देशका गहानालाइ विश्व भरी चम्किनेगरि बचाउन सक्नु पर्छ बल्ल हाम्रो कला क्षेत्र पनि धनी हुन्छ, विश्वले चिन्ने छ र नेपाली कलाकरले कुनै पनि देशमा ढुक्कले आफ्नो कला देखाउन जान पाउने छन् कसैबाट हेप्पिनु पर्ने छैन।

मन्जिता के.सी (मोडल):आफूमा कला गला नभए पनि नाम अनि दाम कमाउने आशामा सही गलत नबुझी अगाडि बढनु को नतिजा हो ।हामीले आफ्नो स्वार्थ पूरा गर्न पैसा मात्र कमाउने नभएर एउटा कलाकार भनेको देश को गहना हो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ यो क्षेत्रमा खास गरी दुई दिन रमाउन आउने हरुले गर्दा विकृति आएको छ । गलत लाई गतल हो भन्न सक्नु पर्छ र कारबाईको लाई कुन‌ै निकाय हुनु जरुरी छ ।

रुपकुमार राई (गायक):मेरो बिचारमा तीन ओटा कारणले नेपाली गितसङ्गितमा विकृति आएको छ
१. अस्वस्थ्य प्रतिस्पर्धा  ।
२. पहुच वाला राष्ट्रिय मिडियाले गुणस्तर सृजनाको खोजी नगर्नु ।
३. बिकासिदो प्रविधिको प्रयोग अन्तर्राष्ट्रिय स्तरको तर ब्याबस्थापन शून्य ।
यसको समाधानको लागि २ ओटा उपाय अपनाउन सके नेपाली गीत सङ्गीतको स्तर विकास गर्न सकिन्छ  ।

१. प्रविधिको ब्याबस्थापन ।
२. गुणस्तर छनोट विधि र विभिन्न सृजनाको सृजना स्तर अनुसार लेबल हुनुपर्यो र यो बिधिलाइ सर्बमान्य हुनेगरी बोर्ड समितिले प्रविधिको साथ कार्यनयन गर्नु पर्छ ।

राजेश घिमिरे (क्यामेरा मेन):यो संसारमा भएका हरेक कुरा हरुको दुइटा पाटो हुन्छ । यौटा राम्रो र अर्को नराम्रो । हामी हरेक बस्तुका राम्रा पक्षहरू लाई लिएर खुसी मनाउछौं या राम्रा पक्ष हरुको सह्राहना गर्छौ ! तर गीत सङ्गीत मात्र त्यस्तो उत्पादन हो जुन जति नराम्रो र विकृत भयो उति बढी बिक्छ । जस्तो की नराम्रो या विकृत गीत हरू हेरेर र सुनेर बढी मनोरनंजन गर्छौ हामी हरू । खास गरी द्विअर्थी शब्द वुनिएका गीत हरुको निर्माण लाई विकृत गीत भन्ने गरिएको छ । त्यस्ता गीत हरू र भिडियो हरुको उत्पादन किन बढ्यो या सङ्गीत क्षेत्रमा त्यो किसिमको विकृति किन भित्रीयो भन्ने कुराले कलाकारको आम्दानी सँग र श्रोताको मानसिकता सँग सोझो सम्बन्ध राख्दछ । भर्चुअल बजारमा श्रोता ले रोमान्टिक गीत सुनिदिएर कलाकरको राम्रो कमाई हुदोहो भने यहाँ प्रेमका गीतको बाढी आउदो हो ! तर श्रोताले त्यस्तै गीत मन पराउनुहुन्छ र कलाकारको कमाई र चर्चा पनि त्यस्तै गीतमा रहेको कारण गीत सङ्गीतमा विकृति भित्रीएको हो !अर्को कुरा कलाकारले जुनसुकै मूल्यमा पनि र जतिनै तल्लो स्तरको भए पनि चर्चामा आउन चाहने लालसाको कारण पनि गीत सङ्गीतमा विकृति भित्रीएको हो भन्ने मलाई लाग्दछ । यस्तो किसिम का विकृति हटाउन एक दुई जनाले मात्र कोसिस गरेर हुँदैन यसमा हामी सबै विशेष गरी गीत सङीत सङ्ग सम्बन्धित सबै लाग्नु पर्छ ।

किस्ना आचार्य रोशनी (सर्जक तथा गायिका):अहिले साङ्गीतिक क्षेत्र अस्तब्यस्त छ । लगानी अनुसारको प्रतिफल छैन पुराना र स्थापित कलाकार ले लगानी गरेर यो क्षेत्र धानिन सक्ने अवस्था पनि रहेन त्यसैले धेरै नयाँ प्रतिभा हरुको यो क्षेत्रमा भित्रीने क्रम जारी छ । लगानी अनुसारको प्रतिफल न भएपछि एउटै आशा हुन्छ कसरी चर्चित बन्ने कसरी चर्चा बटुल्ने यही चर्चा नाम र सस्तो लोकपिर्यताको आशाले जस्तो पनि शब्द भाका स्वर र अभिनय दर्शक श्रोता माझ प्रस्तुत गर्न पछि न पर्ने हुँदा नै विकृति बढेको हो कि मेरो बिचारमा विकृति सुधारका लागी एक निश्चिति मपडन्द हुनु पर्छ ।त्यस्ता गीतहरूको प्रचार प्रसारमा पत्रकारहरु पनि बढवा दिनु भएन र सेन्सर बोर्ड बन्नु पर्छ ।