नेपाली कलाकार र आयोजक मलेसियामा पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाली कलाकार र आयोजक मलेसियामा पक्राउ



काठमाण्डाै – मलेसियामा कार्यक्रम गर्न पुगेका नेपाली कलाकार पक्राउ परेका छन् । इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न मलेसिया गएका नेपाली कलाकारलाई त्यहाँको ध्यागमनले पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक समेत रहेको बताइएको छ  । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ ।