भारतको गुजरातमा एक नेपालीको करेन्ट लागेर मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतको गुजरातमा एक नेपालीको करेन्ट लागेर मृत्यु



हरि महर  /गुजरात 

भारतको गुजरातमा एक नेपालीको मृत्यु भएको छ ।  श्रीमान श्रीमती गार्डन घुम्न गएको र गार्डनमा घुम्दै गर्दा गार्डन भित्र बिजुलीको तार बाटोमा परेको र त्यो तारलाई हटाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको हो ।

 

बुवाको घर दैलेख भएको र अहिले सम्पुर्ण परिवारहरु ३६ लभकुश अपार्ट्मेन्ट प्रतापगन्ज नटराज रोड बरोडामा बस्दै आउनु भएका अम्मर सिङ राजपुत बर्ष २६ का शुक्रबार ८ :३० बजे राती बरोडा को कमती बागमा मृत्यु भएको छ। मृतकको गत बर्ष बिबाह भएको र बच्चाहरु नभएको जानकारी आएको छ।बोडिलाई अहिले   हस्पिटलमा राखिएको छ सनिवार बिहान पोस्ट मार्टम हुने बरोडा देखि वीर बहादुर सोनिले जानकारी दिनु भयो।