नेपाली कांग्रेस नुवाकोटले गाउँ जागरण अभियान संचालन गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाली कांग्रेस नुवाकोटले गाउँ जागरण अभियान संचालन गर्ने



हिमाल पोस्ट /माघ ५ 

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ ले गाउँ जागरण अभियान सन्चालन गर्ने भएको छ । सोमबार खरानिटारमा सभापति धुर्ब श्रेष्ठको अध्यक्षतामा गाउँ सभापति र क्षेत्रीय कार्यसमिति सयुक्त बैठकले उक्त निर्णय गरेको हो।गाउँ अभियान अन्तर्गत संविधान कार्यान्वयनका विषयमा गाउँ तहमा प्रशिक्षण दिने ,स्थानीय निर्वाचनमा पार्टीलाई बिजय गराउन पार्टीको संरचना लाई परिचालन गर्ने बिधान बमोजिम वडा समितिहरु बिस्तार गर्ने गाउँ कार्यसमितिलाई पुर्णता गर्ने र बिकास निर्माणका योजनाहरुको प्रभावकारी अनुगमन गरिने छ ।

उक्त अभियान माघ महिना भरी चल्ने छ।त्यसका लागि क्षेत्रबाट प्रत्येक गा बि समा २ जना प्रतिनिधि खटाइने छ । उक्त बैठकले बिधान बमोजिम गरिनुपर्ने कार्यसमिति को पदाधिकारी चयन गरेको छ।सभापति धुर्ब श्रेष्ठ ले ३ पदाधिकारी को प्रस्ताव गर्नु भएको थियो जस अनुरुप १. उपसभापति – प्रेमबहादुर पाठक २. सचीव – महानन्द ढकाल र ३.सह सचीव – रामशरण श्रेष्ठ रहेका छन।साथै बैठक ले पार्टी कार्यलय भवन निर्माण को लागि आवश्यक जग्गा छ्नोट गर्ने र सो कार्यको लाई प्रेमबहादुर पाठक ,छत्र बहादुर कार्की र सुकुमान तामाङलाई १ महिना भित्र जग्गा छनोट गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसै गरी नेपाली कांग्रेस क्षेत्र नम्बर २ को बिधान बमोजिम प्रत्येक बर्ष हुने क्षेत्रीय सम्मेलन यो बर्ष माघ मसान्तसम्म गर्ने र सो को सम्पूर्ण तयारीको लागि सचिव रामजी पौडेल लाई जिम्मेवारी दिने निर्णय गरिएको छ।बैठकले नेपाली कांग्रेस गाउखर्कका नेता हर्ष बहादुर तामाङ घ्याङफेदि ने का पुर्ब सभापति भिम बहादुर तामाङ र नेपाली कांग्रेस कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तमान तामाङको पुजनीय माता सिरिमेन्दु तामाङको निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकमा महासमिति सदस्य रमेशकुमार महत, डिल्ली प्रसाद ढकाल महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ नेपाली कांग्रेस नेता प्रमोद रिमाल गाउँ कार्यसमिति सभापतिहरु तरुण दल नेबि संघका प्रतिनिधिहरुले धारण राखेका थिए।