नेपाली नयाँ वर्ष २०७४ को स्वागतमा ब्याङ्ग्लोरमा भव्य कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली नयाँ वर्ष २०७४ को स्वागतमा ब्याङ्ग्लोरमा भव्य कार्यक्रम सम्पन्न



हिमाल पोस्ट /ब्याङ्ग्लोर बैशाख २ 

नेपाली नयाँ वर्ष २०७४को स्वागतमा ब्याङ्ग्लोर टेक्नोलोजिकल इन्स्टिच्युटमा नेप्लिज सोसाइटी बि.टी.आइ ब्याङ्ग्लोरले  संस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न  गरेको छ।

कार्यक्रममा नेपाली विद्यार्थीहरूले विभिन्न नेपाली कला र संस्कृति झल्किने प्रस्तुतिहरु र नेपालको बारेमा पावर पोइन्ट प्रिजेण्टेसन प्रस्तुत गरेको आयोजक कमिटिका विदूर लामिछानेले जानकारी गराएका छन्।

कार्यक्रममा नेपाली विद्यार्थी र अन्य भारतीय विद्यार्थी, शिक्षकहरू गरी ३०० भन्दा बढीको उपस्थिति रहेको थियो।