कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन मनाङेले पनि गरे हस्ताक्षर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन मनाङेले पनि गरे हस्ताक्षर



पोखरा- अन्य कुनै घटनाक्रम नभएको खण्डमा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ । पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ(दीपक मनाङे) ले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिएका छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताएका छन् ।

मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बनाएका थिए । पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुनः मन्त्रीमा नियुक्त भएका थिए ।

बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत पाएका थिए । वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त भएका छन् ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उहाँले बिहीबार संसद्को सामना गरेका हुन् ।