अब हरेक नेपालीको थाप्लोमा ३७ हजार ३ सय ऋण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अब हरेक नेपालीको थाप्लोमा ३७ हजार ३ सय ऋण



काठमाडौं– प्रमुख राजनीतिक दलहरूले जारी गरेका घोषणा पत्र देखि सरकारका कथनसम्म नेपालीको प्रतिव्यक्ति आय पाँच हजार डलर भन्दा माथि पुराउने गफ चुट्दै गर्दा नेपाली जनता भने ऋणको भारी बोक्न बाध्य छन् ।

हाल अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पुगेको छ ।

नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेसँगै नेपालीले तिर्नुपर्ने ऋण पनि बढेको हो ।

अर्थ मन्त्रालयले देखाएको तथ्याङ्क अनुसार नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई हालको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा त्यति ऋण पर्न आएको हो ।

नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।