स्थानिय चुनावमा खटिएका सैनिकको मोटरसाईकल दुर्घटनामा मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्थानिय चुनावमा खटिएका सैनिकको मोटरसाईकल दुर्घटनामा मृत्यु



बर्दिया, २६ जेठ 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दियाको ठाकुरबाबा नगरपालिका–६ खैरीमा मोटरसाइकल दुर्घटनामा परि नेपाली शैनिकको मृत्यु भएको छ । दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मृत्यु भएको हो ।

नेपाली सेनाका अर्का प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेका बुढा दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो भने घाईते मोटरसाईकल चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत यी दुई जवान  स्थानीय निर्वाचनमा खटिएका सैनिक हन् ।