नेपाली बिद्यार्थीको सामुन्द्रिक शुरक्षाका लागि अस्ट्रेलियाका सांसद र मिडियाको चासो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाली बिद्यार्थीको सामुन्द्रिक शुरक्षाका लागि अस्ट्रेलियाका सांसद र मिडियाको चासो



हिमाल पोष्ट संवाददाता \ अस्ट्रेलिया , १ बैसाख

 

गत फेब्रुअरीमा भ्यालेन्टाईन मनाउन गएका अस्ट्रेलियाको सिडनी युनिभर्सिटी मा अध्ययनरत २ नेपाली बिद्यार्थीको निधनप्रती अस्ट्रेलियाका सांसादहरु र सञ्चार माध्यमले चासो देखाएका छन् ।

भ्यालेन्टाईन मनाउन सामुन्द्रिक किनारमा गएका काठमाण्डौकी सृस्टि भन्डारी र झापाका सुदीप उप्रेतिको समुन्द्रमा डुबेर मृत्यु भएको घटनालाई त्यहाँका सांसद र सञ्चार माध्यमले चासोका रुपमा हेरेका हुन् ।

अस्ट्रेलियाको एबिसी टेलिभिजनले सृष्टि र सुदिपको निधन भएको मरुब्रा सामुन्द्रिक तटमा एक कार्यक्रमको आयोजना गरि चेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका अस्ट्रेलिया सांसद देखी त्यहाँ रहेका नेपाली राजनितिज्ञरु र नेपाली तथा स्थानिय बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । जसमा किङ्गस फोर्ड स्मित इलाकाका सांसद तथा अस्ट्रेलियाको प्रतिपक्षि लेबर पार्टीका नेता म्याट थिस्लेथ्यवैट, एसिया प्यासिफिक संयोजक महेन्द्र लम्साल , गैरआवासीय नेपाली संघका विश्व संयोजक बिजय पोखरेल लगायतका ब्यक्तीहरु रहेका थिए ।

कार्यक्रममा समुन्द्रमा आफु या अन्य ब्यक्तीलाई समस्या पर्दा कसरी सुरक्षित रहन सकिन्छ भनि समुन्द्री लाईफ गार्डले सिकाएका थिए ।
उक्त चेतनामुलक कार्यक्रम अत्यन्त प्रभावकारी रहेको नेपाली बिद्यार्थीहरुले बताएका छन् ।