मकाउमा नेपाली कथानक चलचित्र वनदेवताको च्यारीटी सो कार्यक्रम भव्यताका साथ सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मकाउमा नेपाली कथानक चलचित्र वनदेवताको च्यारीटी सो कार्यक्रम भव्यताका साथ सम्पन्न



कर्ण बहादुर अधिकारी मकाउ,चीन/पुस २२
नेपालका अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ “नेपाली समाज मकाउले” मकाउमा प्रथम पटक हलेसी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र “वनदेवता” ०५ जनवरी २०१७ का दिन मकाउ स्थित काम्पेक कम्युनिटी सेन्टरको हलमा उल्लेख्य नेपालीहरूको उपस्थितिमा भव्यताको साथ प्रदर्शन गरेको छ।15935919_1241813222566311_1943978090_n

चलचित्र वनदेवतामा रीतु लामा,दीपिका ढकाल,सरोज दोङ् सहित मकाउमा रहेर सामाजिक कार्यमा सेवा गर्दै आएका सामाजिक अभियन्ता नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ् घेदुङका अध्यक्ष दोर्जे तामाङले अभिनय गरेका छन्।चलचित्रमा कथा,निर्देशन र सङ्गीत आर.बी लामाको रहेको छ भने चलचित्रका निर्माता सरोज दोङ् र लंक बहादुर तामाङ हुन्।यसरी प्रदर्शनी हुन लागेको नेपाली कथानक चलचित्र वनदेवतामा हामी र हाम्रो समाजमा रहेको संस्कार रीतिरीवीज र परम्परालाई जीवितै राख्नका लागि र एक्काईसौ शताब्दीमा पनि दैविक शक्ति छ भन्ने कुरालाई प्रष्टयाउन खोजिएको छ।15941681_1241813435899623_1537649784_n

कार्यक्रममा हंगकंग तथा मकाउका लागि हंगकंग महाबाणिज्य दूतावासका  कमल प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा उहाँको हातबाट रिवन काटेर चलचित्रको उद्धाटन गरिएको थियो।उक्त कार्यक्रममा मकाउमा रहेका नेपालीहरूको विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र मकाउका लोकल सङ्घ संस्थाका अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।मन्तव्यमा महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले अङ्ग्रेजी नयाँ वर्षको २०१७ को शुभकामना दिँदै नेपाली समाज मकाउले गरेको यस कार्यक्रमले नेपालीहरू बिच भावनात्मक सम्बन्ध बढाउने कुरा व्यक्त गर्नु भयो।कार्यक्रमका सभापति नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ्ले उपस्थिति जनाई दिनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्नुको साथै उक्त च्यारीटीबाट उठेको ४० प्रतिशत रकम अनाथ बालबालिकाको लागि सहयोग गरिने कुरा बताउनु भयो भने कार्यक्रम सञ्चालन कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।15909540_1241813785899588_1271655494_n