नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने : प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने : प्रधानमन्त्री देउवा



 रुपन्देही देवदह /मंसिर ९ 

नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ् ।
रुपन्देहीको देवदहमा पार्टीद्धारा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहांले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वामपन्थीे जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले कांग्रेस जनतालाई मालिक बनाउने पार्टी भएको बताउनु भयो । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको बताउनु भएको छ् । उहाँले कांग्रेसले विकास र समृद्धिका मात्र मुद्धालाई उठाउदै आएको चित्रण गर्दै बुद्धमावली देवदह क्षेत्रको विकासका लागि सरकारले छिट्टै गुरुयोजना बनाउने जानकारी समेत दिनुभयो । उहाँले महामानव गौतम बुद्धसँग सम्वन्धित देवदह क्षेत्रको विकास लुम्विनी सरहनै गर्ने उल्लेख गर्दै त्यसका लागि देवदह विकास कोष स्थापनाको आवश्यकता रहेको औल्याउनुभयो ।

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई द्वन्द्वमा फसाउने कम्युनिष्टहरुको गठबन्धन राष्ट्रहितका लागि हुदै नसक्ने टिप्पणि गर्नुभयो । उहाँले कम्युष्टिहरुको गठबन्धन टिक्ने खालको नभई मुलुकलाई अहित गर्नका लागि बनेको जिकिर गर्नुभयो । उहाँले कांग्रेसले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने भन्दै समस्या जन्माउने कम्यूनिष्ट र समाधान गर्ने कांग्रेस भएको स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा कृषिक्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास गरेर सुकिला किसान बनाउने अवधारणालाई कांग्रेसले अगाडि सारेको बताउनुभयो ।

त्यसै गरि शनिवारै नवलपरासीको सुनवलमा आयोजित चुनावी सभामा प्रधान मन्त्री देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको दोहोराउनु भएको थियो । कम्युनिष्ट गठबन्धनले विश्ववाटै फ्लप भएको शासन लाद्न खोजेको भन्दै उहाँले डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था अवलम्बन गर्ने बताउनु भयो ।

नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेको उहाँको आरोप थियो । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाउनु भयो । नेता पौडेलले देशमा शान्ति र विकास कांगे्रसले मात्र ल्याउने बताउदै २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको कांगे्रसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हकअधिकार सुनिश्चित गरेको बताउनु भयो ।नेता पौडेलले अहिलेको समयमा वामगबठन्धनले देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको हुदा जनताले मत के मा दिने भनेर बुझ्ने बेला आएको समेत बताउनु भयो ।

कार्यक्रममा नेपाली कागें्रस रुपन्देहीका जिल्ला सभापति एवंम् क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले जनताको हक अधिकारको फैसला नेपाली कांगे्रसले मात्र गर्ने भएकाले आफ्नो अधिकारको उपयोग गर्न नेपाली कांगे्रसलाई जिताउन आवश्यक रहेको बताउनु भयो । त्यसैगरी राप्रपा प्रजातान्त्रिकका क्षेत्र नं १ क का प्रदेश सभा उम्मेद्धवार ताहिर अलिले देशमा बामगठबन्धन काडाको रुपमा उभिएकाले त्यसलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धन आवश्यक परेको बताउनु भयो । बामगठबनधनले तानाशाहीको खोल ओढेकाले जनता तानाशाही बन्ने की लोकतान्त्रिक पद्धतिमा जाने बेलैमा होस् पु¥याउन आग्रह समेत उहांले गर्नु भयो ।

सोहीअवसरमा क्षेत्रीय निवार्चन सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्री, नगर सभापति गुनाखर भुर्तेल लगायतले बोल्नु भएको थियो ।