नेपाली नागरिताबाट पनि पैसा साट्न पाउनु पर्छ भन्दै सोमाबार दिल्लीको जन्तरमन्तरमा धर्ना दिने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाली नागरिताबाट पनि पैसा साट्न पाउनु पर्छ भन्दै सोमाबार दिल्लीको जन्तरमन्तरमा धर्ना दिने



अर्जुन खनाल  /कार्तिक २८,भारत

भारत सरकारद्वारा केहि दिन अगाडीबाट ५०० र १००० को भारतीय नोटमा प्रतिबन्ध  लगाएको छ। भारतमा रोजगारीको सिलसिलामा लाखौ नेपाली छन् उनीहरुले कमाएको पैसा ऐले कसरि बैकमा जम्मा गर्ने भन्ने कुरामा चिन्तित देखिन्छन । बैक खाता भएकालाई त भएको पैसा जम्मा गर्न सजिलो छ तर बैक खाता र कुनै परिचय पत्र नभएकालाई भने संकट उत्पन्न भएको छ ।

उक्तबाट समस्याबाट  भारतमा बस्दै आएका तमाम नेपालीहरु( जस संग बैंक खाता/ भारतिए आइडी छैन )लाई निकै संकट परेको कुरा नेपाल हिन्दुरास्ट्र पुनःस्थापना मन्चले महसुस गरि  नेपाली नागरिकताबाट पनि पुराना नोट बदल्न पाउने ब्यबस्था होस भन्दै  भारतीय सरकारको ध्यानाकर्षण गराउने उदेश्यले भारतको दिल्लीमा रहेको जन्तरमन्तरमा  सोमबार अर्थात नोभेम्बर १४ तारिकका दिन  एकदिने अनसन बस्ने कुरा उक्त सस्थाका अध्यक्ष बिष्णु प्रसाद बरालले  हिमाल पोष्टलाई जनाकारी दिनु भएको थियो   ।

उक्त समस्या बारे भोलि नै  प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने कुरा एस पी मेमोरिएल निकेतनकि अध्यक्ष लक्ष्मी बाराले बताउनु भयो ।  जसको  समापनमा स्वामी चक्रपाणी जी  उपस्थित हुले बताईको छ  । यो कसैको ब्यक्तिगत समस्या नभै सम्पुर्ण भारतवासी नेपालीको हो त्यसैले सबैले उक्त अनसनमा उपस्थित हुँदै समस्याको तत्कालिन समाधानको लागि सरोकारवालालाई दिनको लागि उपस्थित हुन आग्रह पनि गरिएको छ । अनसन तथा धर्ना कार्यक्रम बिहान १२ बजेदेखि ४ बजेसम्म हुने  छ ।कार्यक्रमको आयोजना नेपाल हिन्दुरास्ट्र पुनःस्थापना मन्चले गरेको छ  ।