पुष्पा बस्नेतले राखिन नेपालको सान , जितिन सिएनएन सुपर हिरो अवार्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पुष्पा बस्नेतले राखिन नेपालको सान , जितिन सिएनएन सुपर हिरो अवार्ड



काठमाडौं, मंसिर २७ – नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो ।

नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड जित्नुभएको हो । सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए ।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो ।

सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए । सिएनएनले सोमबार बिहान एक विशेष कार्यक्रमका बिच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो । बस्नेतले अवार्डसँगै ५० हजार डलर पुरस्कार पाउनुभएको छ ।