नेपालले दुई पटक आवेदन गरेपछि २०१९ मा अमेरिकाले स्वीकारेको थियो एसपीपी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालले दुई पटक आवेदन गरेपछि २०१९ मा अमेरिकाले स्वीकारेको थियो एसपीपी



काठमाडौं। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नेपालले नै आवेदन दिएको अमेरिकाले प्रस्ट पारेको छ। नेपालले दुई पटक निवेदन दिएपछि सन् २०१९ मा उक्त अनुरोध स्वीकारेको अमेरिकाले प्रस्ट पारेको हो।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन्।

उपप्रमुख मानुएल पी. मिकलरले भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गयौं।’ अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकारेको बताए।

नेपालले एसपीपीका लागि सन् २०१५ र २०१७ मा दुबै पटक पत्राचार गर्दा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए। क्षत्रीले नेपाल सरकारको स्वीकृति लिएर रक्षा र परराष्ट्र मन्त्रालयलाई बोधार्थ पत्र पठाउँदै अमेरिकालाई एसपीपीको लागि पत्राचार गरेका थिए।

तर नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने एसपीसीको सम्बन्धमा सेनालाई केही थाहा नभएको उल्लेख गर्दै आएका छन्।