अब नेपालमै टायल उत्पादन हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब नेपालमै टायल उत्पादन हुने



काठमाडौं– नेपालमा पहिलो पटक सेरामिक उद्योगले टायल उत्पादन सुरुगर्ने भएको छ । नेपाल सेरामिक उद्योग प्रालिले बाराको जितपुर उपमहानगरपालिका ७ मा टायल उत्पादन सुरुगर्ने तयारी गरेको हो ।

उद्योगका आर्थिक सल्लाहकार सिए करन विष्टले तीन महिनाभित्र फलोयर टायलको लागी मेशिन आईपुग्ने र एक वर्षभित्र सेरामिक उद्योगले उत्पादन सुरु गर्ने जानकारी दिए । ३८ करोड रुपैया लागत रहेको मेसिन इटालीबाट ल्याउने तयारी भएको छ ।

करिव ६६ करोड २० लाख लगानी रहेको उक्त उद्योगमा २ सय जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । कम्पनीको वार्षिक क्षमता २ करोड ८२ लाख ६६ हजार स्क्वायर फिट टायल उत्पादन गर्ने रहेको छ ।

उद्योगलाई माछापुच्छ्रे बैंक र सिटिजन वैंकले ऋण प्रवाह गरेको छ । बिहिवार भएको सम्झौताअनुसार माछापुच्छ्रे वैंकले ३३ करोड ८८ लाख र सिटिजनले २७ करोड ७० लाख ऋण लगानी गरेको छ ।

उद्योगका अध्यक्ष शम्भुनाथ झाले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए भने माछापुच्छ्रे बैंकको तर्फबाट विनितचन्द्र झा र सिटिजन वैंकको तर्फबाट रोशन मल्लले हस्ताक्षर गरेको उद्योगका आर्थिक सल्लाहकार विष्टले जानकारी दिए ।

नेपालले प्रत्येक वर्ष भारत र अन्य मुलुकवाट ३२ अर्व रुपैया वरावरको टायल आयात गर्दै आएको छ । पहिलो चरणमा उद्योगले कच्चापदार्थ भारतबाटै आयात गर्नेछ । त्यसपछि दोस्रो चरणमा नेपालमै उपलब्ध माटोबाट टायर उत्पादन सुरु गर्ने तयारी उक्त उद्योगको छ ।

सल्लाहकार विष्टकाले नेपालमै टायल उत्पादन हुने भएपछि त्यसले रोजगारी सिर्जना गर्नुका साथै व्यापार घाटा समेत कम हुने दावी गरे ।