नेप्सेको बिजोग: ओरालो यात्रा जारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेप्सेको बिजोग: ओरालो यात्रा जारी



काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो समय निरन्तर ओरालो लागेको छ।

गत हप्ता समग्रमा २५ अंकले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन ४ दशमलव ६६ अंकले घटेको छ।

आइतबार परिसूचक १ हजार १ सय २५ दशमलव १४ अंकमा कायम भएको छ। १ सय ५६ वटा कम्पनीको ९ लाख २४ हजार १ सय ९० कित्ता सेयर ४ हजार १ सय १२ पटक किनबेच हुँदा २४ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार बिकास बैंक र अन्य समूहबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ। विकास बैंक र अन्य समूहको उपसूचक भने क्रमशः १ दशमलव ४६ अंक र २ दशमलव ३१ अंकले बढेको छ। सबैभन्दा धेरै घट्नेमा निर्जीवन बिमा कम्पनीको उपसूचक ६३ दशममलव ९७ अंकले घटेको छ।

आइतबार कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको ३ करोड ३६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ७७ अंकले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालय उर्जा विकास कम्पनील लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशलमलव शुन्य ३ प्रतिशतले गुमाएका छन्।

आईतबार सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ९८ अंकले घटेर २ सय ४६ दशमलव ३३ अंक कायम भएको छ।