लामाले भने नेताका कारण हवाई दुर्घटना हुन्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लामाले भने नेताका कारण हवाई दुर्घटना हुन्छ



काठमाण्डौ । वरिष्ठ विमान चालक विजय लामाले नेपालमा हवाई दुर्घटना हुनुका मुख्य कारणहरुबारे विशेष जानकारी दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै लामाले नेपालको अप्ठ्यारो भौगोलिक अवस्था र प्रतिकुल मौसम हवाई दुर्घटनाका मूख्य कारण भएको बताएका छन् ।

यि दुईबाहेक अरु पनि धेरै कारणहरुले दुर्घटना हुने गरेको लामाको तर्क छ । उनले भने–“हवाई दुर्घटनाका कारणहरु धेरै हुन्छन् । नियम पालना भएको छ कि छैन ? जहाजको मर्मत र परिक्षण भएको छ कि छैन ? विमान चालकहरु सही ढंगले तालिम लिएको छ कि छैन ?”

लामाले जनता र नेताका कारण पनि दुर्घटना हुने गरेको औँल्याएका छन् ।

विमान कम्पनी संचालकहरुकै कारण पनि यस्ता दुर्घटना हुने गरेको लामाको जिकिर छ । दुर्घटनापछि बन्ने छानविन आयोगले चालकलाई दोष दिने गरेकोप्रति लामाले असन्तुष्टी व्यक्त गरेका छन् ।

“चालकको निधन भइसकेपछि उसैको दोष देखाउने प्रवृत्ति गलत हो । चालकका कारण मात्रै दुर्घटना भएका छैनन् ।” लामाले भने ।