नेतृत्व परिवर्तनबारे प्रधानमन्त्री ओलीले युरोपबाट मुख खोले - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेतृत्व परिवर्तनबारे प्रधानमन्त्री ओलीले युरोपबाट मुख खोले



काठमाडौं ।

को साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने बताएका छन् ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा गरिएको सहमतिबारे अब नेकपाले निर्णय गर्ने बताएका हुन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरण भएको भन्दै अब आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । आर्थिक समृद्धि विना लोकतन्त्र दिगो नबन्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र र विकास विषयमा प्रवचन दिँदै राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपालको यात्राबारे चर्चा गरे ।

उनले कुनै पनि छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिनेसमेत उद्घोष गरे

यसैबीच प्रधानमन्त्री ओलीले आज बेलायती प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्ने भएका छन् । भेटमा दुई पक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेट गर्ने कार्यक्रम छ । ओलीले भोलि रेलमार्ग हुँदै फ्रान्सको प्यारिस प्रस्थान गर्ने कार्यक्रम छ ।

उनले बिहीबार फ्रान्सका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार युरोपस्थित नेपाली राजदूतहरूलाई सम्बोधन गर्ने र सोही दिन नेपालका लागि प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ ।