नेटवर्किङमा ब्यापक ठगी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेटवर्किङमा ब्यापक ठगी



काठमाडौं -साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यस अघि नै परिसरमा १ करोड ६० लाख फसाएका तीन जनाले नेटवर्क सञ्चलकविरुद्ध उजुरी दिएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले थप १७ पीडित सम्पर्कमा आएको र उनीहरु निवेदन दर्ता गराउने क्रममा रहेको बताए ।

प्रहरीले वैशाख २८ मा साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवकिंङ विस्तार गर्न आएका १२ भारतीयलाई पक्राउ गरेको थियो । यो समाचार आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् ।