जवानीले ढुनुमुनु बनाएका दुई गायक/गायिका पशुपति शर्मा र शुसिला गौतम (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जवानीले ढुनुमुनु बनाएका दुई गायक/गायिका पशुपति शर्मा र शुसिला गौतम (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको महान् चाड हरितालीका तिजको अवसरमा “जवानीले ढुनुमुनु बनायो” बोलको गीत केही समय अगाडि मात्रै युट्युबमा सार्वजनिक गरिएको छ ।

लोकदोहोरी गायक पशुपति शर्मा र गायिका शुसिला गौतमको स्वरमा रहेको गीतमा शब्द / सङ्गीत उनै गायक पशुपति शर्माकै रहेको छ भने यसपालि तिजमा भने जवानीले ढुनुमुनु बनाएको छ ।

यस्तै भिडियो तर्फ रिना थापा मगर, निक शर्मा,पशुपति शर्मा र सुशिला गौतमको अभिनय रहेको छ । पछिल्लो समय गायिका सुशिला गौतम निकै नै सुमधुर गीतहरू गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेकी छन् भिडियो दुर्गा पौडेलको छायाकंनमा मौसम हिमालीले निर्देशन गरेका छन् भने प्रविन भट्टको सम्पादन रहेको छ ।