नयाँ दिल्लीमा भूकम्पको ठुलो धक्का: मानिसहरू सडकमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ दिल्लीमा भूकम्पको ठुलो धक्का: मानिसहरू सडकमा



नयाँ दिल्ली- शुक्रबार साँझ भारतको दिल्लीमा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ।

करिव ७ बजे नयाँ दिल्लीमा भूकम्पको धक्का महसूस गरिएको हो। भूकम्पपछि कोरोनाले त्रसित भएर घरमै बसेका स्थानीयहरूको भागाभाग मच्चिएको थियो ।

भारतीय सञ्चार माध्यमकाअनुसार राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस गरेपछि सुरक्षित रहन मानिसहरु भागभाग गरेका थिए ।

कोरोनाले थालिएको नयाँ दिल्लीमा पछिल्ला दिनहरूमा भूकम्पका साना साना धक्काहरू महसुस भैरहेका छन् । आज भने ठुलो झट्का गएको थियो । भूकम्पबाट क्षति भए नभएको विवरण आइसकेको छैन ।