आईफोन ११, ११ प्रो र ११ प्रो म्याक्स लन्च: यस्तो छ मूल्य र विशेषता - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

आईफोन ११, ११ प्रो र ११ प्रो म्याक्स लन्च: यस्तो छ मूल्य र विशेषता



एजेन्सी -एप्पलले ३ आईफोन लन्च गरेको छ । यसरी लन्च भएका ३ आईफोनमा आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स रहेका छन् । लन्चिङको समयमा एप्पलका सीईओ टीम कुकले आईफोन एक्सार २०१८ को बेस्ट सेलिङ स्मार्टफोन भएको बताएका छन् ।

नेपालमा एप्पल आईफोन ११ को ६४ जीबी स्टोरेज भरियन्टको मूल्य १ लाख ३ हजार ८४० रुपैयाँ पर्छ । भारतमा यो फोन सेप्टेम्बर २७ देखि उपलव्ध हुनेछ । यो फोन ६४ जीबीका अतिरिक्त १२८ जीबी तथा २५६ जीबी भेरियन्टमा उपलव्ध हुने छ । आईफोन ११ छ रंगमा उपलव्ध हुनेछ ।

आईफोन ११ को विशेषता
आईफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यसका अतिरिक्त फोनमा एप्पल ए–१३ बायोनिक प्रोसेसर हुनेछ । यसलाई कम्पनीले विश्वकै तीव्र सीपीयू तथा जीपीयू भएको दावी गरेको छ । यो फोनमा आईओएस–१३ उपलव्ध हुनेछ । यसमा डार्क मोड पनि हुनेछ ।

आईफोन–११ को क्यामेरा
फोनमा डुअल रियर क्यामेरा सेटअप हुनेछ । जसमा १ क्यामेरा १२ मेगापिक्सेलको वाइड एंगल हुनेछ । यसको एपर्चर एफ÷१.८ रहेको छ । अर्को क्यामेरा पनि १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगलको रहेको छ । यसको एपर्चर एफ÷२.४ रहेको छ । यसैगरी फ्रन्ट क्यामेरापनि १२ मेगापिक्सेलको हुनेछ ।

दुवै क्यामेराबाट ४ के तथा स्लो मोसनको भिडियो रेकर्ड गर्न सकिन्छ । फ्रन्ट क्यामेरामा वाइड एंगल पनि राखिएको छ । आईफोन एक्सआरको ब्याट्री लाइफ १ घन्टा बढीको हुने दावी गरिएको छ ।
आईफोन ११ प्रो तथा आईफोन ११ प्रो म्याक्सको विशेषता
आईफोन ११ प्रोमा ५.८ इन्चको डिस्प्ले राखिएको छ । यसैगरी आईफोन ११ प्रो म्याक्समा ६.५ इन्चको डिस्प्ले रहेको छ । यी दुवै फोनमा ट्रिपल रियर क्यामेरा सेटअप छ । जसमा एक क्यामेरा १२ मेगापिक्सेलको वाईड एंगल, अर्को क्यामेरा अल्ट्रा वाइड एंगल र तेस्रो क्यामेरा १२ मेगापिक्सेलको टेलिलेन्स (टाढको दृश्य कैद गर्ने) रहेको छ । फ्रन्ट क्यामेरा १२ मेगापिक्सेलको रुहेको छ । फोनसँगै १८ वाटको फास्ट चार्जर उपलव्ध हुनेछ ।

आईफोन ८ को मूल्य ४४९ डलर, आईफोन एक्सको मूल्य ५९९ डलर र आईफोन ११ को मूल्य ६९९ डलर रहेको छ ।